२८ जेठ २०८३, बिहीबार

पाकिस्तानमा कसरी पुग्यो भारतीय क्षेप्यास्त्र ?

फागुन २९, २०७८
पाकिस्तानमा कसरी पुग्यो भारतीय क्षेप्यास्त्र ?

भारतको एक क्षेप्यास्त्र गत बुधवार पाकिस्तानको चन्नू मियाँ शहर नजिक खसेको छ । 

भारत सीमाबाट १२४ किलोमिटर भित्र उक्त क्षेप्यास्त्र प्राविधिक गडबडीका कारण पसेको भारतको दाबी छ । 

पाकिस्तानले चाहिँ सुपरसोनिक वा आवाजको गतिभन्दा छिटो उड्ने क्षेप्यास्त्र भारतले प्रहार गरेको बताएको छ । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले द्रुत गतिमा आएको वस्तु चन्नू मियाँ नजिक खसेको बताए । 

यो वस्तु ४० हजार फीटको उचाइ तथा म्याक ३ गतिमा पाकिस्तानी हवाईक्षेत्रभित्र १२४ किलोमिटर भित्र उडेर क्य्राश भएको थियो । 

यसले पाकिस्तानी हवाईक्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुवाहक विमानको उडानलाई तथा जमीनमा रहेका मानिस र धनसम्पत्तिलाई पनि संकटमा पारेको इफ्तिखारले बताए । 

भारत र पाकिस्तानले ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणको सूचना एकअर्कालाई दिनका लागि सन् २००५ मा सम्झौता गरेका थिए । 

सम्झौतामुताबिक यस्तो परीक्षणअघि दुवै देशले पाइलट र नेभीलाई सावधान गर्न एयर मिसन वा नेभिगेसनल वार्निङ नोटिस जारी गर्नुपर्छ । 

अनि परीक्षण गर्ने देशले जुन ठाउँबाट क्षेप्यास्त्र प्रक्षेपण गर्ने हो, त्यो दुवै देशको सीमाबाट ४० किलोमिटर पर हुनुपर्ने सुनिश्चत गर्नुपर्छ । 

अनि क्षेप्यास्त्र जहाँ खसाउने हो त्यो अन्तर्राष्ट्रिय सीमा वा एलओसीबाट कम्तीमा ७५ किलोमिटर टाढा हुनुपर्छ । 

पाकिस्तानी सेनाका अनुसार, एयर डिफेन्सले सिरसाबाट द्रुत गतिको कुनै वस्तु पहिला भारतमा उडेको अनि आकाशमै दिशा परिवर्तन गरेर पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको पत्ता लगाएको थियो । 

त्यसपछि पाकिस्तानी वायुुसेनाले स्ट्यान्डर्ड प्रोसिड्युर पालन गर्दै लगातार यस वस्तुको निगरानी गरेका थिए । तर पाकिस्तानले त्यो वस्तु के हो थाहा पाएन । 

विज्ञहरूका अनुसार, क्षेप्यास्त्र निकै द्रुत गतिमा उडेकाले त्यसका विरुद्ध तत्कालै केही गर्न पाकिस्तानलाई गाह्रो परेको थियो । अनि शान्तिकालमा कुनै पनि देशले अचानक प्रतिक्रिया दिन गाह्रै हुन्छ । त्यसैले पाकिस्तानी एयर डिफेन्सले यस क्षेप्यास्त्रलाई बीचैमा ध्वस्त पार्न सकेन । 
 

salt training

कमेन्ट गर्नुहोस्