
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ।
मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको २०४औं शाखा हो ।
यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकिएको समेत बैंकले जनाएको छ ।