२७ जेठ २०८३, बुधबार

यति एयरको जहाजको नाकमा पांग्रा अड्किएपछि...

कात्तिक २०, २०७४
यति एयरको जहाजको नाकमा पांग्रा अड्किएपछि...
पोखरा, २२ असार - यति एयरलाइन्सको एउटा जहाज पोखरामा दुर्घटनाबाट जोगिएको छ । विमानको 'नोज ह्विल' अवतरण लगत्तै नगुडेर अड्किएको थियो । तर सो बेला जहाज दुर्घटनाबाट चाहिँ जोगियो । 

काठमाडौंबाट यात्रु लिएर पोखरा आएको ६०७ नाइन एन एजेसी कलसाइनको विमान पोखरा विमानस्थलमा अवतरणको क्रममा समस्यामा परेको थियो ।

विमानको नोज ह्विल नचलेको हो । तर दुर्घटना चाहिँ नभएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले बताए ।

नोज ह्विल लक भएपछि विमानलाई रन वेबाट हटाउन गाह्रो भएको थियो । सोही कारण आज दिउँसो करीब दुई घण्टा सम्म पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।

अहिले चाहिँ यहाँको प्राविधिक टोलीले विमानलाई रन वेबाट बाहिर निकालेर मर्मत गर्दै छ ।

salt training

कमेन्ट गर्नुहोस्