१४ असार २०८३, आइतबार

सर्वोच्चका मुख्य रजिस्टार सुवेदीद्वारा पदभार ग्रहण, अदालतप्रति नागरिकको विश्वास बढाउने प्रतिबद्धता

कात्तिक २०, २०७४
सर्वोच्चका मुख्य रजिस्टार सुवेदीद्वारा पदभार ग्रहण, अदालतप्रति नागरिकको विश्वास बढाउने प्रतिबद्धता

काठमाडौँ, २२ असार - सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार नहकुल सुवेदीले आज पदभार ग्रहण गर्दै न्यायलाई सरल र सहज बनाउन व्यवस्थापन सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

न्याय सेवा आयोगको यही असार ११ गतेको बैठकले सुवेदीलाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई मुख्य रजिस्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । उहाँले अदालतको पाँचवर्षीय रणनीतिक योजनानुसार मुद्दा फछ्र्याेट १०० प्रतिशत पु¥याइने, न्यायलाई छिटो र सहज बनाइने, न्यायमा नागरिकको पहुँच बढाइने, अदालतप्रति नागरिकको विश्वास बढाइनेलगायत सुधार गर्नेमा आफू लागिपर्ने बताउनुभयो ।

सर्वोच्च अदालत ऐनले मुख्य रजिस्ट्रारको व्यवस्था गरेपछि न्यायपालिकामा मुख्य सचिवसरहको पदको व्यवस्था गरिएको हो । सो व्यवस्थानुसार मुख्य रजिस्ट्रार हुने पहिलो व्यक्ति सुवेदी नै बन्नुभएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्