काठमाडौं, २३ असार– प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सप्तरीतर्फ प्रस्तान गरेका छन् ।
विगत केही दिनदेखि बर्षासँगै आएको बाढीले तराई–मधेसका जिल्लामा बाढी र डुवानले बिचल्ली बिचल्ली पारेको छ ।
प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्माले पूर्वी तराईका जिल्लामा बाढीले पारेको असरको निरीक्षण गर्ने कार्यक्रम रहेको गृहमन्त्री शर्माको सचिवालयले जनाएको छ ।