१३ असार २०८३, शनिबार

भारत–चीन विवाद : चिनियाँ सेना चार गुणा बढी शक्तिशाली

कात्तिक २०, २०७४
भारत–चीन विवाद : चिनियाँ सेना चार गुणा बढी शक्तिशाली

काठमाडौं, २३ असार — चीनको जनमुक्ति सेना भारतीय सेनाको तुलनामा अत्यधिक शक्तिशाली रहेको देखिएको छ ।


चिनियाँ जलसेनासँग २८३ युद्धपोत छन् भने भारतीय जलसेनासँग जम्मा ६६ वटा छन् ।

चिनियाँ सेनाले हिन्द महासागरमा उपस्थिति बढाउँदै गएको छ । विगत केही महिनायता चिनियाँ युद्धपोत, पनडुब्बी र जासूसी जहाजहरू हिन्द महासागरमा बढिरहेको भारतीय जलसेनाले भेटेको छ ।

सिक्किमनिर भारत–चीन–भुटान त्रिदेशीय सीमानजिक चीनले सडक निर्माण शुरु गरेसँगै नयाँ दिल्ली र बेइजिङबीच तिखा शब्दप्रहार बढेका छन् र यसरी जलसेनाको सक्रियता बढेको छ ।

शक्तिशाली डिस्ट्रोयर युद्धपोतहरू २६ वटा छन् भने भारतको जम्मा ११ वटा । डिस्ट्रोयरमा शक्तिशाली राडर हुन्छन्, उनीहरू लामो दूरीसम्म जान सक्छन्, जमीन आक्रमण, क्षेप्यास्त्र प्रतिरक्षा तथा सतही र पनडुब्बीविरोधी युद्धमा पनि संलग्न गराउन सकिन्छन् ।

भारतसँग २५ वटा कोर्भेट र मिसाइल बोट छन् भने चीनसँग १०६ वटा छन् ।

हतियारहरूको यही सशक्तताका कारणले गर्दा पनि शायद चिनियाँ सञ्चारमाध्यमहरूले भारतलाई नाथु ला सीमामा धेरै नमच्चिन चेतावनी दिइरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्