
धेरै मानिसलाई दूध पिउन मन लाग्दैन तर स्वास्थ्यका लागि यो एकदमै लाभदायक हुन्छ । यो पिउँदा शरीरले तागत पाउँछ ।

१ पत्थरी
आजकल धेरै मानिसले पत्थरी भएको गुनासो गर्छन् । पत्थरी भएपछि असाध्यै पीडा हुन्छ र अपरेसन गर्नुपर्ने हुन्छ । तर दिनदिनै खाली पेट एक गिलास दूध पिउनुभयो भने मिर्गौलामा रहेको पत्थरी गलेर निस्कन्छ ।
२ मुटुको रोग
मुटुरोग लागेको छ भने दूधमा तुलसीको पात हालेर तताउनुस् र चिस्याएर पिउनुस् । यो पिउँदा मुटुको रोगबाट मुक्ति पाइन्छ ।
३ माइग्रेन
आजकल माइग्रेनको गुनासो गर्ने मानिसको संख्या बढ्दै गएको छ । माइग्रेन भएपछि टाउकोको आधी भागमा पीडा हुन्छ । कहिलेकाहीँ त यो पीडा असह्य हुन्छ । यसबाट बच्न बिहान बेलुकी तुलसी र बेसार मिसाइएको दूध पिउनुस् ।
४ फ्लु
मौसम परिवर्तन भएपछि ज्वरो आउने सम्भावना बढ्छ । यसले शरीर कमजोर बनाउँछ । यसबाट बच्न दूधमा तुलसीको पात, ल्वाङ र मरिच मिसाएर पिउनुस् । बिहान खाली पेटमा यो त्रिश्रण खाने गर्नुस् ।
५ क्यान्सर
दूधमा प्रशस्त भिटामिन र खनिज तत्त्व पाइन्छन् । नियमित रूपमा तुलसी हालेर दूध पिउनुभयो भने क्यान्सर शरीरमा लाग्न पाउँदैन ।
एजेन्सी