२८ जेठ २०८३, बिहीबार

रामचन्द्रको चिन्ता– काठमाडौं त बस्नै नहुने भइसक्यो !

कात्तिक २०, २०७४
रामचन्द्रको चिन्ता– काठमाडौं त बस्नै नहुने भइसक्यो !

काठमाडौं २३ असार–
दलका नेताहरुले संसद्मा बोल्ने बिषयबस्तु राजनीतिक नै हुन्छन् । जनताले दैनिक व्यहोरीरहेका समस्या भन्दा नेताका भाषणको विषयबस्तु राजनीतिक घोचपेच नै हुनेगर्छ ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रवार संसद्मा राजनीतिक भन्दा अलि फरक बिषयमा बोले । बजेट माथिको छलफल चलिरहेको समयमा पौडेलले काठमाडौंको अस्तव्यस्तता र उकुसमुकुसबारे बोले ।

काठमाडौंमा बढ्दो जनसंख्या व्यवस्थापन सरकारका लागि टाउँको दुखाइको बिषय बन्दै गएको छ । बस्नै नसकिने ठाउँ बन्दै गएको काठमाडौंलाई बस्न हुने ठाउँ बनाउने उपाय पनि सुझाए, पौडेलले ।

‘काठमाडौंमा हिडनै नसकिने भयो, सबै गाडि एकै पटक सडकमा निस्कने हो भने गाडि एक इन्चपनि चल्न सक्दैन, काठमाडौं बस्नै नहुने भइसक्यो, यसलाई बस्न हुने ठाँउ बनाउन यहाँको जनसंख्यालाई बाहिर लैजानु पर्छ’ पौडेलले भने, ‘यहाँको जनसंख्यालाई त्यतिकै बाहिर जाओ भनेर पोलपोट (कम्बोडियाको तानशाह)ले जस्तो निकाल्न पनि भएन । बाहिर जाने वाताबरण सरकारले बनाइदिनु पर्यो ।’

काठमाडौं केन्द्रीत सुविधाहरु बाहिर पुराउन सके यहाँको जनसंख्या बाहिर जाने पौडेलको विश्वास थियो । गाउँमा अबसरहरु नहुदा काठमाडौं ‘ओभरलोडेड’ बनेको र गाउँ रित्तिदै गएको उनको विश्लेषण छ । ‘मान्छेहरु काठमाडौं किन आउछन् ? राम्रो स्वास्थ्य उपचारका लागि । राम्रो शिक्षा र रोजगारीका । शहर केन्द्रीत अबसरले काठमाडौं ओभर लोडेड भइसक्यो’ पौडेलले भने, ‘काठमाडौंमा जनसंख्याको चाँप रोक्न स्तरिय स्वाथ्य, शिक्षा र रोजगारीको अबसर बारिह पुराउनु पर्यो ।’

पौडेलले मध्यपहाडी र हुलाकी राजमार्गमा दशवटा शहर बनाउने प्रस्ताव सही भएपनि गाउँलाई माडपानी लगाउने उर्वर क्षेत्रमा शहर बसाल्न नहुने बताए । ‘करोडौ रुपैया खर्च गरेर लमजुङको भोर्लेटारमा नहर बनायौ, अहिले त्यहाँ शहर बनाउने कुरा आएको छ’ पौडेलले भने, ‘माडमानी लगाउने अछामको साफेबगरमा शहर बनाउने कुरा आएको छ, किन उर्वर जमिन मास्ने ?’

सदरमुकाम सुकाएर नयाँ शहर किन ?

कांग्रेस नेता पौडेलले बर्षौको मेहनत र अर्बौं रुपैँया खर्च गरेर बनेका जिल्ला सदरमुकामलाई सुकाएर नयाँ ठाउमा सार्ने कुरा गलत भएको बताए ।

‘स्थानीय तहको निर्वाचन गरेर गाँपालिका बनेका छन्, सदरमुकामलाई एकातिर छाडेर जिल्ला सदरमुकाम गाउँमा सार्ने कुरा सारेका छौं, पौडेलले भने । ‘रोजगारी कसरी सृजनागर्ने भन्ने प्राथमिकता, सुविधा कसरी गाउमा पुराउने भन्ने कुरा गरौ । गाउँपालिकाको सदरमुकाम बेसीका फाटमा झरेर शहर बनाउने कुराले हित गर्दैन ।’
पौडेलले मुलुकमा शान्ति र स्थायित्व भए मुलुकले एक दशकमै फड्को मार्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्