०३ असार २०८३, बुधबार

कतार संकटले नेपालीलाई पारेको असर : श्रम स्वीकृति लिनेको संख्या आधा घट्यो

कात्तिक २०, २०७४
कतार संकटले नेपालीलाई पारेको असर : श्रम स्वीकृति लिनेको संख्या आधा घट्यो
काठमाडौं, २३ असार –कतारमाथि उसका छिमेकीले राजनीतिक नाकाबन्दी लगाएपछि त्यसको प्रभाव नेपालको वैदेशिक रोजगारीमा परेको छ । व्यवसायीहरुका अनुसार हाल कतारबाट आउने श्रम माग घटेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार, कतारमाथि साउदी लगायतका खाडी देशले नाकाबन्दी लगाएपछि श्रम माग आधा घटेको छ । संघका महासचिव रोहन गुरुङले कतार संकटको प्रभाव बुझ्न अझै केही समय लाग्ने बताए । व्यवसायीका अनुसार यसभन्दा अघि दैनिक औषतमा ४ सय ५० श्रम स्वीकृति हुने गरेकोमा अहिले घटेर औषतमा २ सयमा झरेको छ ।

कतार संकटका कारण श्रम माग र स्वीकृतिमा असर परेको विभागले जनाएको छ । विभागका प्रवक्ता मोहन अधिकारीले कतार संकटका कारण त्यहाँ जाने कामदारको मनोविज्ञानमा प्रभाव पारेको बताए ।

व्यवसायीले भने पछिल्लो समय मुस्लिमको प्रमुख पर्व रमजानका कारण पनि त्यहाँबाट आउने मागमा कमी भएको बताएका छन् ।
कतार नेपालको मलेसियापछिको दोस्रो ठूलो श्रम गन्तव्य मुलुक हो । कतार संकटपछि त्यहाँको नेपालीको रोजगारीका सम्बन्धमा पनि चिन्ता बढेको छ ।

सन् २००५ मा कतारसँग श्रम संझौता भएपछि नेपाली कामदार कतारतर्फ आकर्षित भएका हुन् । झण्डै १० लाख नेपाली कतारमा हरेको अनुमान गरिएको छ ।

विश्वको तेस्रो ठूलो ग्याँस भण्डार भएको कतारको आम्दानीको मुख्य स्रोत पेट्रोलियम पदार्थ एवं प्राकृतिक ग्यास हो । यद्यपि मध्यपूर्वका उसका ६ छिमेकीले कूटनैतिक सम्बन्धसँगै, सीमा, आर्थिक एवं हवाई सम्बन्ध विच्छेद गरेपछि भने कतारको अर्थतन्त्र धर्मराउने र त्यहाँ कार्यरत श्रमिकहरूका लागि समेत अहसज अवस्था सिर्जना हुने अनुमान गरिएको छ ।

सन् २०२२ मा आयोजना हुने विश्वकप फुटवलको लागि आवश्यक श्रम शक्ति कतारमा रहेका छन् । तर उसका छिमेकीले लगाएको नाकाबन्दीका कारण यसका तयारीमा समेत असर पुग्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।


प्रतिबन्ध लगाएका साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनले कतार समक्ष आफ्नो मागको सूची प्रस्तु गरेका थिए ।

टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नु पर्ने तथा इरानसँगको सम्बन्ध घटाउनु पर्ने, कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नु पर्ने लगायत १३ बुँदे माग प्रस्तुत गरेका गर्दै अल्टिमेट दिएका थिए । तर कतारले मागहरु पुरा गर्न नसकिने बताएसँगै कतार संकट थप चुलिने भएको छ ।

कतारले आतंकवादलाई सहयोग गरेको भन्दै उसँगको राजनीतिक तथा कुटनीतिक सम्बन्ध अन्त्य गर्दै प्रतिबन्ध लागएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्