
नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति रुपन्देहीको आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले प्रा. डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत रुपमा जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा इन्द्रबहादुर थापा, सचिवमा मधुकर शर्मा, सहसचिवमा सविता निरौला र कोषाध्यक्षमा नारायण काफ्ले रहेका छन् ।
सदस्यमा शालिकराम भण्डारी, रामु न्यौपाने, कृष्ण प्रसाद काफ्ले, प्रकाश सुवेदी, जीतबहादुर रासकोटी, नारायण भुसाल, सुष्मा भुसाल, पुरुषोत्तमा पाण्डे, भोजराज भण्डारी, हरि ज्ञवाली, मेघनाथ शर्मा, कृष्ण पौडेल, श्री रायमाझी र युवराज पन्थी रहेका छन् ।