१२ असार २०८३, शुक्रबार

संसदीय समिति गठन गर्दै कांग्रेस

चैत ६, २०७८
संसदीय समिति गठन गर्दै कांग्रेस

 सत्तारूढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ११ गते बस्ने भएको छ ।

सो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न संसदीय समिति गठनको निर्णय गर्नेछ ।

काँग्रेसका मुख्यसचिव एवं राष्ट्रिय सभा सदस्य  कृष्णप्रसाद  पौडेलले  चैत  ११  गते  दिउँसो  २  बजे  पार्टीको  केन्द्रीय  कार्यालय  सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने तय भएको बताए ।

उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनको  तयारीका  सन्दर्भमा  छलफल  हुनेछ । साथै 'घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा पनि बैठकमा हुनेछ ।  

बैठकले  संसदीय  समिति  गठनका  विषयमा छलफल गरी निर्णय गर्नेछ । स्थानीय तहको  निर्वाचन  नजिकिँदै  गर्दा  काँग्रेसले  संसदीय समिति गठनको तयारी गरेको हो ।

संसदीय  समितिमा  केन्द्रीय  पदाधिकारीसहित  २५  जना  रहने  व्यवस्था  छ ।  उक्त  समितिले  उम्मेदवार  तय  गर्ने  र  टिकट वितरण गर्ने कार्य गर्नेछ ।

काँग्रेसले स्थानीय  तहको  निर्वाचनलाई  लक्षित  गरेर  फागुन २९ गतेदेखि चैत २९ गतेसम्म एक महिने अभियान सञ्चालन गरिरहेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्