०९ असार २०८३, मंगलबार

उखु नपाएपछि चिनी उद्योग बन्द

चैत ६, २०७८
उखु नपाएपछि चिनी उद्योग बन्द

यस  वर्ष रौतहटमा  उखु  उत्पादन  आधा  नै घटेको छ ।

उखुको रकम भुक्तानीमा ढिलाइ  र  चिनी  मिल  नै  बन्द भएपछि यहाँका किसानले उखु खेती छोडेपछि उत्पादन घटेको हो ।

रौतहटको मध्यभागमा रहेको  श्रीराम  सुगर  मिल्स  गत वर्षदेखि बन्द छ ।

अर्को कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी  मिल  भने  गत  वर्षदेखि  नै सञ्चालनमा  छ  तर  उखु  उत्पादन घटेको  कारण  मिलको  लक्ष्य  पूरा हुन सकेको छैन ।

२०   लाख   क्विन्टल   उखु क्रसिङ  गर्ने  लक्ष्य  लिएको  बैजुनाथ चिनी  मिलले  यस  वर्ष  छ  लाख क्विन्टलको हाराहारीमा क्रसिङ गरेको मिलका   सञ्चालक   बैजुबाबराले बताए ।  

उखु  अभावका  कारण मिल  सिजन  अवधिभर  नचलेपछि लक्ष्य   पूरा   हुन   नसक्दा   घाटा बेहोर्नुपरेको उनको गुनासो छ ।

जिल्लामा    बर्सेनि ११/१२ हजार  बिघामा  उखु  उत्पादन  हुँदै आएको  जानकारी  दिँदै  उखु उत्पादक  सङ्घ  रौतहटका  सचिव सफिन्द्र  यादवले  यस  वर्ष  पाँच/छ हजार  बिघामा  मात्र  उखु  खेती भएको बताए। गोरखापत्र दैनिकमा यादवराज पुरीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्