०३ असार २०८३, बुधबार

रकेट आक्रमणमा परी युक्रेनकी अभिनेत्री ओक्सानाको मृत्यु

चैत ६, २०७८
रकेट आक्रमणमा परी युक्रेनकी अभिनेत्री ओक्सानाको मृत्यु

युक्रेनकी  थिएटर  अभिनेत्री ओक्साना  श्वेट्सको  रुसको किभमा  भएको  रकेट आक्रमणमा   निधन   भएको छ ।  

ओक्सानाको  निधनको खबर 'योङ थिएटर कम्युनिटी’ ले दिएको हो ।

६७ वर्षीया अभिनेत्री योङ्ग थिएटरसँग आबद्ध थिए । उनको  जन्म  सन्  १९५५  को  १०  फेब्रुअरीमा  भएको थियो ।

उनले इभान फ्रान्को थिएटरको थिएटर स्टुडियो र किभ  स्टेट  इन्स्टिच्युट  अफ  थिएटर  आर्ट्सबाट  स्नातक हासिल  गरेकी थिइन् ।  दशकौँदेखि  थिएटरमा  काम  गर्दैै आएकी  उनी  थुप्रै  मान–सम्मानलगायत  'युक्रेनको सम्मानित  कलाकार’को  उपाधिबाट  पनि  समेत  विभूषित भइसकेकी थिइन् ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्