२२ असार २०८३, सोमबार

बक्यौता उठाउन आक्रामक बन्दै प्राधिकरण, नतिर्नेलाई कालोसूचीमा राख्ने चेतावनी

बक्यौता उठाउन आक्रामक बन्दै प्राधिकरण, नतिर्नेलाई कालोसूचीमा राख्ने चेतावनी

नेपाल नागरिक उड्डयन प्राधिकरणले  सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीलाई बाँकी बक्यौता तिर्न चेतावनी दिएको छ । बक्यौता तिर्न अटेरी गरे कालोसूचीमा राख्ने चेतावनी प्राधिकरणले दिएको छ । 

रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको हो ।

बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रंजितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आंगछिरिङ शेर्पासहितको  स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् ।

प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार,गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले  ६ लाख १० हजार कस्मिकले  ३ करोड ४७ लाख, स्काइलाइनले  ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्