२१ असार २०८३, आइतबार

उत्तर कोरियाले पीत सागरमा प्रहार गर्‍यो ४ रकेट

चैत ६, २०७८
उत्तर कोरियाले पीत सागरमा प्रहार गर्‍यो ४ रकेट

उत्तर कोरियाले आइतवार आफ्ना रकेट लोन्चरहरूबाट चारवटा रकेट प्रहार गरेको दक्षिण कोरियाका सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले खबर दिएको छ । 

ती रकेटहरू पीत सागर (येल्लो सी) मा खसेका छन् । 

उक्त घटनापछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो । रकेटहरू बिहान ७ः२० देखि एक घन्टासम्म दक्षिण प्यानगान प्रान्तबाट प्रहार गरिएका थिए । 

‘उत्तर कोरियाको मल्पिटल रकेट लोन्चरबाट यी प्रहार गरिएका हुन्,’ दक्षिण कोरियाली सेनाका एक अधिकारीले बताए । ‘हामी प्रतिरक्षाको तयारी अवस्थामा छौं र घटनाक्रमहरूलाई नजिकैबाट नियालिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्