युक्रेनको रक्षा मन्त्रालयले आजोभ सागरमा पहुँच गुमाएको स्वीकार गरेको छ ।
रुसी सैनिकहरूले उक्त सागरको प्रमुख बन्दरगाह शहर मारिउपोलमा पकड बलियो बनाएपछि युक्रेनले पहुँच गुमाएको हो ।
रुसले मारिउपोलमा पकड बलियो बनाइरहेको बताएको छ । त्यस शहरका ८० प्रतिशत घरहरू क्षतिग्रस्त भएा छन् । ध्वस्त भएको नाटकघरमुनि आश्रयस्थलमा अझै पनि एक हजारजना फसेको बताइएको छ ।
आजोभ सागरको तटमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर मारिउपोललाई रुसले शुरूदेखि नै कब्जामा लिन प्रयास गरिरहेको छ ।
यस शहरले डोनेत्स्क र क्राइमियालाई जोड्छ ।