३१ जेठ २०८३, आइतबार

वडा कार्यालय तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

वडा कार्यालय तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा तोडफोड गर्नेलाई कारवाहीको माग गरिएको छ । 

वडावासीले गत शुक्रवार वडा कार्यालयमा तोडफोड भएको भन्दै आइतवार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेलाई ज्ञापनपत्र बुझाएका छन् । 

वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुर्व्यवहार,  सार्वजनिक सम्पत्ति (टेबल) तोडफोड गर्नुका साथै अध्यक्षको कुर्सी सडकमा फालेर पेट्रोल लगाई आगजनीसमेत गर्न खोजिएको भन्दै वडावासीले ज्ञापन पत्र बुझाएका हुन् । 

उनीहरूले गैरकानूनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको ज्ञापन पत्रमा उल्लेख गरेका छन् । 

घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुनबमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडावासीले माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्