०२ साउन २०८३, शनिबार

ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन्।

लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका नेता पौडेलले ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।

नेता पौडेलले भने, ‘दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभएन। न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा । पार्टी भित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन। उहाँमा बढी नै अहमता छ । सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने… ।’

salt training

कमेन्ट गर्नुहोस्