३१ जेठ २०८३, आइतबार

सामाजिक सुरक्षाभत्ता लिन सास्ती

चैत ७, २०७८
सामाजिक सुरक्षाभत्ता लिन सास्ती

सरकारले  प्रदान  गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता लिन ज्येष्ठ नागरिकलाई   छोराबुहारीको   पिठ्युँ   चढेर बैङ्क  जाँदा  दिनभर  पनि  पालो  कुर्नुपर्दा सास्ती हुन थालेको छ ।

​ भत्ता  लिन  ज्येष्ठ  नागरिक  आफैँ बैङ्कमा  उपस्थित  हुनुपर्ने  नियमका  कारण आफन्तले  बोकेर  बैङ्क  पुर्‍याएर  दिनभर पालोमा बस्दा सास्ती भोग्नु परेको बताएका छन् ।  

बुधबार   मेलौली   नगरपालिका–८, कोटीगाउँकी  ७४  वर्षीया  धौली  सोनीलाई उनकी   बुहारी   मङ्गला   सोनीले   डेढ घण्टाको  उकालो  पिठ्युँमा  बोकेर  कच्ची सडकसम्म पुर्‍याए ।

कच्ची सडकबाट गाडी  बुक  गरेर  मेलौली  नगरपालिकास्थित एनसीसी  बैङ्कमा  दिनभर  पालो  कुरेर  भत्ता बुझिन्।

घरबाट  बुहारीको  पिठ्युँ  चढेर बिहान   साढे   नौ   बजेदेखि   बेलुकीसम्म बैङ्कको   पेटीमा   पालो   कुरेर   बस्दा बल्लतल्ल  भत्ता  मिलेको  धौली  सोनीले बताइन् ।  

सासूआमाको भत्ता   बुझ्ने दिन घरका बुहारीले पिठ्युँमा बोकेर लैजानु परेको मङ्गला सोनीले बताइन् । गोरखापत्र दैनिकमा गोकर्ण दयालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्