०४ असार २०८३, बिहीबार

बीजेपीलाई भोट दिएपछि पत्नीलाई ‘तीन तलाक’को धम्की दिँदै घरनिकाला

चैत ७, २०७८
बीजेपीलाई भोट दिएपछि पत्नीलाई ‘तीन तलाक’को धम्की दिँदै घरनिकाला

उत्तर प्रदेशको विधानसभा चुनावमा योगी आदित्यनाथको पार्टी भारतीय जनता पार्टी (बीजेपी) लाई भोट दिएको आरोपमा एक पतिले पत्नीलाई ‘तीन तलाक’को धम्की दिँदै घरनिकाला गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले आजतकका अनुसार बरेलीमा भएको घटनामा नजमा उलमाका पति तस्लीम अन्सारीले उनलाई घरनिकाला गरेका छन् ।

विधानसभा चुनावमा बीजेपीले बहुमत ल्याएको छ । बहुमतसहित मुख्यमन्त्री योगी आदित्यनाथले पुनः शासन चलाउने भएका छन् ।

पतिको धम्कीपछि पीडित नजमाले केन्द्रीयमन्त्री मुख्तार अब्बास नकवीकी बहिनी फरहत नकवीलाई पीडा पोखेकी छन् । नजमामाथि उनका पतिले कुटपिट समेत गरेको गुनासो छ ।

मुस्लिम महिलालाई राहत पुग्ने गरी केन्द्र सरकारले तीन तलाकबारे कानून बनाएपछि महिलाले बीजेपीलाई भोट दिन थालेका छन् । तर बीजेपीलाई भोट दिएकोमा नजमाका पति असन्तुष्ट भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्