
रुसी तेलमा प्रतिबन्ध लगाउँदा युरोपलाई ठूलै समस्या पर्ने तर अमेरिकालाई खासै असर नगर्ने रुस सरकारले बताएको छ ।
केही युरोपेली मुलुकहरूका परराष्ट्रमन्त्रीले रुसविरुद्धको थप आर्थिक प्रतिबन्धका रूपमा तेलको निर्यात रोक्नुपर्ने प्रस्ताव गरेपछि रुसको प्रतिक्रिया आएको हो ।
रुसले युक्रेनसँगको शान्तिवार्ता अपेक्षित गतिमा नबढिरहेको पनि बताए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी समकक्षी भोलोदीमीर जेलेन्स्कीबीचको भेटवार्ताअघि वार्तामा थप प्रगति हुनुपर्ने रुसको कथन छ ।
रुसले युक्रेनी नागरिकहरूलाई मानवीय कोरिडोरमार्फत सुरक्षित निर्गमन गर्न नदिएको भन्ने दाबी झूटो भएको पनि बताएको छ ।