०५ असार २०८३, शुक्रबार

१३३ जना सवार चिनियाँ विमान दुर्घटनाग्रस्त, यस्तो छ घटनास्थलको अवस्था [भिडियोसहित]

१३३ जना सवार चिनियाँ विमान दुर्घटनाग्रस्त, यस्तो छ घटनास्थलको अवस्था [भिडियोसहित]

दक्षिणी चीनमा सोमवार एक विमान दुर्घटना भएको छ । 

१३३ जना सवार रहेको चाइना ईस्टर्न एयरलाइन्सको विमान चीनको क्वाङ्सीमा दुर्घटनाग्रस्त भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 

अहिलेसम्म हताहतीको संख्याबारे केही सार्वजनिक भएको छैन । 

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार बोइङ ७३७ विमान क्वाङ्सीको एक ग्रामीण क्षेत्रमा दुर्घटना भएको हो । 

दुर्घटना भएको ठाउँमा आगलागी भएको देखिएको छ । घटनास्थलतर्फ उद्धार टोली परिचालन गरिएको छ । 

सन् २०१० मा उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको यिचुनमा भएको विमान दुर्घटनापछिको यो पहिलो हवाई दुर्घटना हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्