०२ साउन २०८३, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ ।

बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् ।

बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी  दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत ७ गते सम्पन्न पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्