
मोरङको लेटाङमा प्रहरी जवानको ज्यान जाने गरी भएको घटना छानबिनका लागि एसएसपीको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।
प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण विसीका अनुसार उक्त समितिले घटनाको छानबिन गरेर प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाउने छ ।
आइतवार मोरङ लेटाङ नगरपालिका–५, खेरुवास्थित शिक्षा विकास माविमा स्थानीय र प्रहरीबीच झडप हुँदा २५ जना घाइते भएका थिए । प्रदर्शनकारीले चक्कु प्रहार गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको भने मृत्यु भएको थियो ।
विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले ७ कक्षामा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।
सोही घटनाका विषयमा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो ।