१७ असार २०८३, बुधबार

पिताको स्मृतिमा व्यवसायी सुमार्गीद्वारा एम्बुलेन्स सहयोग

पिताको स्मृतिमा व्यवसायी सुमार्गीद्वारा एम्बुलेन्स सहयोग

व्यवसायी अजेयराज सुमार्गीले आफ्ना पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेका छन्।

माधवराज सुमार्गी स्मृति कोषका अध्यक्ष सुमार्गीले मकवानपुरको मनहरी गाउँपालिका–१, चकरीमा रहेको श्री शान्ति स्वलम्बन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका हुन्।

एम्बुलेन्स हस्तान्तरण गर्दै सुमार्गीले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। सुमार्गी र आमा विश्वकान्ति कलावतीले सहकारीका अध्यक्ष विष्णु अधिकारी र वडाध्यक्ष शिवप्रसाद खनाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । 

स्थानीयले वडाध्यक्ष खनालको पहलमा एम्बुलेन्स प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेका थिए। हेटौंडा बजारबाट नजिकै रहे पनि सडक पूर्वाधारको अवस्था कमजोर हुँदा त्यस क्षेत्रका स्थानीयलाई विरामी पर्दा हेटौंडा आवतजावतमा समस्या रहेको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गी, समाजसेवी अस्मिता सुमार्गी, अंकिता सुमार्गी, साहित्यकार राधेश्याम लेकाली, कांग्रेस मकवानपुर पूर्वसभापति रामचन्द्र अर्याल माइकल, निर्माण व्यवसायी महासंघ पूर्वकेन्द्रीय सदस्य जयराम लामिछानेलगायत उपस्थित थिए।

salt training

कमेन्ट गर्नुहोस्