
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को साता भारत भ्रमण गर्ने घोषणा गरिएको छ ।
यस सम्बन्धमा भारतको द हिन्दू पत्रिकाकी कूटनीतिक सम्पादक सुहासिनी हैदर र अनन्त कृष्णनको समाचारमा उल्लेख गरिएको छ ।
उनका अनुसार, ‘प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रिल १ र २ मा भारत भ्रमण गर्ने स्रोतहरूले पुष्टि गरेका छन् । भ्रमणमा द्विपक्षीय सम्बन्धका अलावा चीन र अमेरिकासँगको सम्बन्धका विषयमा पनि कुराकानी गरिनेछ ।’
द्विपक्षीय सम्बन्धमा कुराकानी हुनु सामान्य कुरा भए पनि सार्वभौमसत्तासम्पन्न मुलुक नेपालले अर्को मुलुकसँग राख्ने सम्बन्धका विषयमा भारतले चासो लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।