०२ असार २०८३, मंगलबार

विराटनगर पुगेर ओलीको प्रश्न :  यति धेरै ठाउँमा कांग्रेसले कसरी जित्यो ?

कात्तिक २०, २०७४
विराटनगर पुगेर ओलीको प्रश्न :  यति धेरै ठाउँमा कांग्रेसले कसरी जित्यो ?
विराटनगर, २४ असार– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले धेरै सीट जितेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

झापाको दमकमा एमालेको विजय सभामा सहभागी हुन जाने क्रममा विराटनगरमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले एमालेले जनतालाई राम्ररी बुझाउन नसकेका कारण नेपाली कांग्रेसले धेरै स्थानीय तह जितेको बताए ।

उनले भने,‘म अचम्ममा परेको छु, दास्रो चरणको चुनावमा कांग्रेसले कसरी यति धेरै ठाउँमा जित्यो ?’
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो शक्ति भएपनि परिणाम बाट आफू सन्तुष्ट नभएको ओलीले बताए । उनले भने,‘धनकुटा बाहेकको स्थानको परिणामबाट सन्तुष्ट छैन ।’

तेस्रो चरण अन्तर्गत २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ५० प्रतिशत भन्दा बढी तहमा जित्ने दाबी ओलीले गरे ।

मुलुकको हित विपरीत ल्याएको संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा एमालेलाई मान्य नहुने उनले वताए । प्रतिपक्षसँग कुनै सल्लाह समेत नगरी सत्तापक्षले जबर्जस्ती ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव स्विकार्य नहुने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्