
भोजपुरी मोडल अक्षरा सिंह सामाजिक सञ्जालमा निकै चर्चित छिन् ।
उनले सामाजिक सञ्जालमा राखेका फोटो तथा भिडियो निकै भाइरल हुने गरेको छ ।
पछिल्लो पटक उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो शेयर गरिरहन्छिन् ।
हालै उनको एक भिडियोमा उनी अक्षय कुमार र ऐश्वर्या रायको सूपरहिट गीत ‘जोरका झट्का’मा मस्त नाचेको देखिन्छ ।
भिडियोमा अक्षराको साथमा गायिका ऋचा शर्मासमेत सामेल छिन् ।
ऋचा र अक्षराको मस्तीमा कोरियोग्राफर अलीशा सिंहले समेत साथ दिएकी छन् ।
सो भिडियो अलीशाले सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।
भिडियोमा अक्षराले निलो रंगको ड्रेस पहिरिएकी छन् भने ऋचाले मस्टर्ड रंग र अलिशाले सेतो रंगको ड्रेस लगाएकी छन् ।
सो भिडियोमा उनीहरूका फ्यानहरूले विभिन्न प्रतिक्रियाहरू दिइरहेका छन् । भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ ।