३० असार २०८३, मंगलबार

एमालेका कार्यक्रममा अधिकतम ५ जना वक्ता, मञ्चमा वक्ता मात्रै !

एमालेका कार्यक्रममा अधिकतम ५ जना वक्ता, मञ्चमा वक्ता मात्रै !

औपचारिक कार्यक्रममा वक्ता र अतिथिको संख्या धेरै भएको भन्दै नेकपा एमालेले औपचारिक कार्यक्रममा ५ जना मात्र वक्ता राख्ने निर्णय गरेको छ । 

केन्द्रीय कमिटी बैठक समापनका क्रममा एमाले अध्यक्ष केपी ओलीले औपचारिक कार्यक्रममा ५ जना मात्र वक्ता राख्न निर्देशन दिएका हुन् । 

बढीमा ५ जना मात्र वक्ता राख्ने र वक्तालाई मात्र मञ्चमा राख्न पार्टी अध्यक्ष ओलीले निर्देशन दिएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

माला र खादाको प्रयोग पनि कम गर्न ओलीले भनेका छन् ।  

स्थानीय चुनावलक्षित केही निर्णय गर्दै एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक बिहीवार समापन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्