२९ असार २०८३, सोमबार

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

साताको कारोबारको अन्तिम दिन बिहीवार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन शेयर बजारमा नेप्से परिसूचक १६.६९ अंकले घटेको छ भने सेन्सेटिभ परिसूचक ६.१७ अंकले घटेको छ ।

यस दिन नेप्से परिसूचक २६१३.१७ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ४८८.९४ विन्दुमा झरेको छ ।

यस दिन कुल २ सय २४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरमा किनबेच भएको छ । 

यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

यस्तै युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ ।

यता नेपाल फाइनान्स लिमिटेड, सामलिङ पावर कम्पनी लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड लगायत कम्पनीको शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा बिहीवगार जीवन विकास लघुवित्तको शेयर सर्बाधिक धेरै कारोबार भएको छ । 

यस कम्पनीको ३० करोड ६३ लाख ९७ हजार ६२४ रुपैयाँबराबरको शेयर किनबेच भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्