
भरतपुर महानगरपालिका मेयरका आकांक्षी एवं कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुरमा तालमेल गर्न नहुने धारणा राखेका छन् ।
शुक्रवारको कांग्रेस बैठकमा उनले कांग्रेसका लागि यो जस्तो सुनौलो अवसर नआउने भएकाले तालमेल गर्न नहुने बताएका हुन् ।
‘नेकपा विभाजन, एमाले विभाजन भएको अवस्था छ, फेरि यस्तो सुनौलो अवसर कांग्रेसले पाउँदैन,’ उनले भने, ‘त्यसैले कांग्रेस एक्लै लड्नुपर्छ, गठबन्धन गर्ने हो भने पनि भरतपुरमा कांग्रेसले नै पाउनुपर्छ ।’
पवित्र गठबन्धनमा अपवित्र स्वार्थ घुसेकाले तालमेल गर्न नहुने उनको जिकिर छ ।