×

NIC ASIA

चीनसँग रेलमार्गको माग गर्दै नेपाल

चैत १२, २०७८

Prabhu Bank
NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

सरकारले उत्तरी छिमेकी चीन सरकारसँग रसुवागढी–काठमाडौं रेलमार्ग परियोजनाको निर्माणका लागि विस्तृत अध्ययनको प्रस्ताव राख्ने भएको छ ।

Muktinath Bank

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीसँग रसुवागढी–काठमाडौं रेलमार्ग परियोजनाका निर्माणका लागि विस्तृत अध्ययन गरिदिन प्रस्ताव गर्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघिको चिनियाँ सरकारका प्रतिनिधिको नेपाल भ्रमणका क्रममा नेपाल–चीन रेलमार्गको योजनाको विषयमा पटक–पटक चर्चा हुने गरे पनि काम भने अघि बढ्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

करीब ३ वर्षअघि चिनियाँ सरकारकै सहयोगमा रेलमार्गको सम्भाव्यता अध्ययन भएको थियो । त्यसयता विस्तृत अध्ययनको काम भने अघि बढ्न सकेको छैन ।

Vianet communication

चाइना फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिट्युटले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनले रेलमार्ग निर्माण सम्भव रहेको देखाएको छ । साथसाथै अध्ययनले देखाए पनि जटिल भूगोलका कारण निर्माण चुनौतीपूर्ण रहेको पनि देखाएको छ ।

सम्भाव्यता अध्ययनअनुसार रेलमार्ग करीब ७२ किलोमिटर लम्बाइको हुनेछ भने ९ वर्षमा काठमाडौंसम्म रेल्वेको लिंक जोड्न सकिने अनुमान गरिएको छ ।

चीनले सिगात्सेसम्म रेलमार्ग निर्माण गरिसकेको छ । सिगात्सेबाट केरुङ करीब ५०० किलोमिटर दूरीमा रहेको छ ।

सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार सो खण्डमा ७ वटा सुरुङमार्ग रहने जनाइएको छ भने करीब ४ किलोमिटर खण्डमा पुलमाथि रेलमार्ग निर्माण गर्नुपर्नेछ ।

निर्माणका लागि २ खर्ब ५६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नेपाल सरकारले यसअघि पनि चीन सरकारलाई पत्राचार गरेर अध्ययन गरिदिन अनुरोध गरेको थियो ।

मन्त्रालयले रेलमार्गसँगै चिनियाँ सहयोगमा निर्माण हुन लागेको काठमाडौं चक्रपथसहित विभिन्न आयोजनाको कार्यान्वयन सम्बन्धमा पनि छलफल गर्ने तयारी गरेको जनाएको छ ।

यसअघि चीनले नेपाल जोड्ने रेलमार्ग सगरमाथा राष्ट्रिय निकुञ्जको भूमिगत बाटो भएर निर्माणको अध्ययन समेत गरेको छ ।

चीनले नेपाल–चीनबीचको प्रस्तावित रेलमार्गको विषयमा अनुसन्धान जारी रहेको बेला चिनियाँ पक्षले विभिन्न ६ वटा विकल्पमा छलफल अघि बढाएको थियो । ६ विकल्पमध्ये कुनमा जाने भन्नेमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन ।

जसमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गर्ने विषयलाई पनि समेटिएको थियो ।

चीनले अन्य भूभागबाट नेपालमा रेल ल्याउन कठिन भएको जनाउँदै सगरमाथा राष्ट्रिय निकुञ्जको बाटोलाई विकल्पका रूपमा अघि सारेको थियो ।

नेपाल–चीन रेल मार्गको परियोजना विकासमा खटिएका शीर्ष इन्जिनीयरले आफ्नो अध्ययनपछि बुझाएको सुझाव सहितको प्रतिवेदनमा रेल मार्गको केही भाग संरक्षित क्षेत्र हुँदै जानुको विकल्प नरहेको उल्लेख गरिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको थियो ।

चिनियाँ पक्षले रेलमार्ग निर्माणका लागि ८ बिलियन अमेरिकी डलर लागत लाग्ने जनाएको छ । रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने चिनियाँ पक्षको दाबी रहँदै आएको छ ।

चीनको बेल्ट एन्ड रोड इन्सियटिभअन्तर्गत चीन र नेपालबीच २ देशलाई जोड्ने रेल मार्ग बनाउने सम्बन्धी सन्धिमा सन् २०१६ मा हस्ताक्षर भएको थियो । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x