२२ असार २०८३, सोमबार

इँटा उद्योगमा बालश्रम

चैत १२, २०७८
इँटा उद्योगमा बालश्रम

कपिलवस्तुका इँटा उद्योगमा बाल श्रमिक प्रयोग हुन थालेपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ ।

जिल्लाका इँटा उद्योगमा बाल श्रमिक देखिएपछि अनुगमन शुरू गरिएको छ ।

जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता सहितको टोली इँटा उद्योगमा पुगेर स्थलगत अनुगमन गरिएको थियो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा रहेका इँटा उद्योगमा अनुगमनका क्रममा बालबालिका प्रयोग भएको देखिएको छ । 

अनुगमनका क्रममा महाराजगञ्ज नगरपालिकाका नगर उपप्रमुख शुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताइन् ।

इँटा उद्योगमा भारतबाट आउने कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अवस्थामा भेटिएको थियो । सिजनेबल कामदारका रूपमा ६ महिनासम्म भारतीय नागरिक परिवारसहित आएर उद्योगमा काम गर्ने गरेको उपप्रमुख कुर्मीले बताइन् । जिल्लाका शिवराज, बुद्धभूमि, महाराजगञ्ज, कृष्णनगर नगरपालिकाभित्र सञ्चालन रहेको इँटा उद्योगमा अनुगमनकै क्रममा बाल श्रमिक फेला परेका दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मीना परियारले बताइन् ।

महाराजगञ्ज नगरपालिकाका जनप्रतिनिधिले सञ्चालन गरेको इँटा उद्योगमै बाल श्रमिक फेला परेको अनुगमनकर्ता शनीउल्ला धोबीले बताइन् ।

उद्योगमा कोही नयाँ व्यक्ति देखियो भने काम रोक्न लगाउने अरू बेला बालबालिकालाई विद्यालय भर्ना नगरी व्यवसायीले काममा लगाउँदै आएका छन् । बालबालिका काँचो इँटा ओसार्ने, माटो बोक्ने, इँटा बनाउनेजस्ता काममा प्रयोग हुने गरेको पाइएको छ ।

गत वर्ष दलित मानव अधिकार समितिले ४ पालिकामा गरेको सर्वेक्षणमा ७५० भन्दा धेरै बाल श्रमिक इँटा उद्योगमा कामदारको रूपमा फेला परेका थिए । यस वर्ष त्यो संख्या घटेर ५०० को हाराहारीमा पुगेको अध्यक्ष परियारले दाबी गरिन्े ।

यता पुष्पा इँटा उद्योग बगहियाका सञ्चालकले भारतीय कामदारका बालबालिकाका कागजात नहँुदा विद्यालय भर्ना नभई बुवाआमा सँगै काम गर्ने गरेको स्वीकार गर्छिन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्