२९ असार २०८३, सोमबार

जसपा प्रमुख सचेतक प्रमोद साहमाथि सांघातिक हमला, टाउकोमा गम्भीर चोट

जसपा प्रमुख सचेतक प्रमोद साहमाथि सांघातिक हमला, टाउकोमा गम्भीर चोट

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा संघीय संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि सांघातिक हमला भएको छ ।

शनिवार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा रहेका बेला साह लगायत नेता–कार्यकर्तामाथि हमला भएको हो ।

प्रमुख सचेतक साहको टाउकोमा १५–२० टाका लागेका उनका साला अमित साहले जानकारी दिए ।

‘स्थानीय अस्पतालमा प्राथमिक उपचार गरेर हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी हुँदैछ,’ अमितले लोकान्तरसँग भने । विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्