
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा संघीय संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि सांघातिक हमला भएको छ ।
शनिवार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा रहेका बेला साह लगायत नेता–कार्यकर्तामाथि हमला भएको हो ।
प्रमुख सचेतक साहको टाउकोमा १५–२० टाका लागेका उनका साला अमित साहले जानकारी दिए ।
‘स्थानीय अस्पतालमा प्राथमिक उपचार गरेर हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी हुँदैछ,’ अमितले लोकान्तरसँग भने । विस्तृत विवरण आउन बाँकी छ ।