०७ साउन २०८३, बिहीबार

सबै दल एकमुस्ट आए पनि एमालेले चुनाव जित्छ- ओली

सबै दल एकमुस्ट आए पनि एमालेले चुनाव जित्छ- ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरूले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन् । 

काठमाडौंमा शनिवार आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरू एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् । 

‘सबै एकतिर लागेर के गर्ने ? नेपाली जनताको फिप्टी पर्सेन्टभन्दा माथि हामीसँग छ,’ उनले भने । 

अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे । 

उनले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताए । 

‘एमसीसी राष्ट्रघाती छ भनेर कराउने, बाहिर कार्यकर्ता उचाल्ने, सडक भत्काउन लगाउने, ढुंगा हान्न लगाउने, मारामार गर्न लगाउने, भित्र आफूहरूले हुन्छ–हुन्छ भनेर हात उठाएर ताली बजाएर पास गराउने, एकथरीलाई पास गर्नै हुँदैन भनेर सडकमा उतार्ने,’ प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘आफैंले सडकमा नारा लगाउँदा ए, त्यो चाहिँ नारा नलगाउ भन्ने सुटुक्क एमसीसीलाई पत्र लेख्ने अनि यो पत्र बाहिर कसरी आयो भन्ने ।’

salt training

कमेन्ट गर्नुहोस्