२६ असार २०८३, शुक्रबार

महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

धरान उप.म.न.पा १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।

शनिवार आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा काउण्टरको उद्घाटन गरेका थिए । 

कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रबन्धक लगायतका बैंक कर्मचारीहरु तथा क्याम्पसका तर्फबाट प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  

वि.सं. २०१२ सालमा स्थापना भएको पूर्व क्षेत्रकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा हाल ५ हजार ५ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्