०९ साउन २०८३, शनिबार

बरिष्ठ उद्योगी सतिश कुमार मोरलाई मातृ शोक

कात्तिक २०, २०७४
बरिष्ठ उद्योगी सतिश कुमार मोरलाई मातृ शोक
काठमाडौं, १८ पुस — शिवम् सिमेन्टका संस्थापक, बरिष्ठ उद्योगी तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री सतिश कुमार मोरलाई मातृ शोक परेको छ । निजकी माता गायत्री देवी मोरज्यूको ८१ बर्षको उमेरमा असमायिक निधन भएको हो ।


उद्यमी सतिश कुमार मोर नेपालमा क्लिंकर तथा सिमेन्ट उद्योग, खानी तथा खनिजजन्य पदार्थको अन्वेषण र उत्खननसँग सम्बन्धित उद्योग, खाद्य तथा बनस्पति घिउ तेल उद्योग, विद्युतीय तार तथा सोसँग सम्बन्धित मेटेरियल्स र पिभीसी पाईप लगायतका उत्पादन मुलक उद्योगसँग सम्बद्ध रहेका छन् ।

आयात निर्यातसँग सम्बन्धित अन्य व्यापारमा समेत लामो समय देखि उनी संलग्न रहेका छन् । उनी नेपाल उद्योग परिसंघका उपाध्यक्ष, नेपाल क्लिंकर तथा सिमेन्ट उत्पादक संघका उपाध्यक्ष, नेपाल समुन्द्रपार आयात तथा निर्यात संघका पूर्व अध्यक्ष एवं लक्की ग्रुप नेपाल समूहका अध्यक्ष रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्