०७ असार २०८३, आइतबार

जनगायक शर्मा र आविष्कार कलाको देशभक्ति गीत ‘यही माटोमा’ सार्वजनिक [भिडियो]

जनगायक शर्मा र आविष्कार कलाको देशभक्ति गीत ‘यही माटोमा’ सार्वजनिक [भिडियो]

प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाको शब्द रचनामा देशभक्ति गीत  'यही माटोमा' सार्वजनिक भएको  छ ।

गीतजस्तो त्यस्तै साधारण जीवनका धनी जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् ।

भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् ।

उक्त गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल जीवन शर्मामार्फत हेर्न सकिने छ ।

कुल ४ मिनेट ४४ सेकेन्डको भिडियोमा नेपालको सुन्दर प्रकृतिक वातावरण, भाषा, संस्कृति, नेपाली समाजमा फैलिएको विकृति, देशको आर्थिक स्थिति रेमिट्यान्समा निर्भरता धन कमाउन गएका युवा लासको बाकसमा फर्कनु पर्ने हृदयविधारक अवस्थालार्इ प्रष्ट रुपमा चित्रण गरिएको छ ।

गीतले विशेषगरी नेपाली युवाहरु विदेशिनु पर्ने तितो यथार्थलाई बडो मार्मिक ढंगले भनेको छ । बरु देशमै यसको विकल्प खोजी मीठो मसिनो खाएर जिउन गीतले सन्देश दिएको छ । रेमिट्यान्सबाट देश चलाउने होइन नेपालको प्राकृतिक सम्पदामा र नेपाली भूमीमा नेपाली पसिना बगाउन पर्छ भन्ने सन्देश पनि दिएको छ ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्