
विवेक अग्निहोत्रीको चलचित्र द कश्मिर फाइल्सले दोस्रो हप्ता पनि बक्स अफिसमा दबदबा कायम राखेको छ ।
यस चलचित्रले शुक्रवार रिलिज भएको आरआरआरसँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।
चलचित्रले शनिवारसम्ममा बक्स अफिसमा ७.२५ करोड भारु कमाएको बताइएको छ ।
भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार यस चलचित्रले १५ औं दिन ४.५० करोड भारु कमाएको थियो ।
१६ औं दिनमा यसले सो रकमको दोब्बर नजिक पुग्दै ७.२५ करोड भारु कमाएको हो ।
यस चलचित्रले अहिलेसम्म २१९.०८ करोड भारू कमाइ गरेको छ ।
#TheKashmirFiles is back in the running on [third] Sat, despite a strong opponent [#RRR]... Excellent growth... Will cross ₹ 225 cr on [third] Sun [Day 17]... Will comfortably cross ₹ 250 cr in coming days... [Week 3] Fri 4.50 cr, Sat 7.25 cr. Total: ₹ 219.08 cr. #India biz. pic.twitter.com/utF6b23pac
— taran adarsh (@taran_adarsh) March 27, 2022
/p>