
उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
आइतवार साँझ भएको आगलागीमा एक जनाको मृत्यु भएको र ७ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा घरमा आगो लाग्दा स्थानीय ६८ वर्षीया शिवमाया मगरको मृत्यु भएको हो ।
आगलागी स्थानीय ओमबहादुर मगरको घरबाट शुरू भएको थियो भने नजिकका अन्य ६ घर पनि जलेका छन्।
आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा दर्जनौँ पशु चौपाया पनि जलेर मरेका छन्। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ।
स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।