२३ जेठ २०८३, शनिबार

‘शिक्षण संस्था बेरोजगार जनशक्ति उत्पादन गर्ने संस्था हुनुहुँदैन’

‘शिक्षण संस्था बेरोजगार जनशक्ति उत्पादन गर्ने संस्था हुनुहुँदैन’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन् ।  आइतबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी)को ३९ औं व्यवस्थापन समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

“संविधानले प्राविधिक शिक्षालाई वैज्ञानिक, व्यवहारिक र रोजगारमुलक भनेर किटान गरेको छ,” मन्त्री पौडेलले भने, सिटीईभिटीले दक्ष, सक्षम र कामकाजी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ ।”
सैद्धान्तिक विषयमा विद्यार्थीहरुले रुची कम देखाएको बताउँदै मन्त्री पौडेलले प्राविधिक विषयलाई जीवनउपयोगी बनाउने गरी नयाँ कार्यक्रम बनाउन निर्देशन दिए । 
सिटीइभिटीले नीतिगत सुधार र देशभर भएका शिक्षालयलाई नियमन गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए । 

“हिजो र आजको कृषिमा तात्विक भिन्नता छैन”, मन्त्री पौडेलले भने, “हरित कृषि, पशुपालन, पर्यटनलगायतका विषयलाई पाठ्यक्रममा समावेश गरी प्राथमिकता दिनुपर्यो ।”
देशका केही शिक्षण संस्थाहरु राज्यले बनाएको कानुनले अप्ठ्यारोमा परेको बताउँदै त्यसलाई संशोधन गर्दै जानुपर्ने तर्क गरे । 

संस्थाले आन्तिरिक संगठन, कर्मचारी व्यवस्थापन र संरचनागत सुधारमा ध्यान दिनुपर्ने बताउँदै आगामी १० वर्षसम्म पनि व्यवहारिक हुने गरी पाठ्यक्रम निर्माण गर्न निर्देशन दिए । 

 
 

salt training

कमेन्ट गर्नुहोस्