![यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/tarkari_bajar_rLq6UMNBe1.jpg)
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।
बोर्डले तरकारी बजारमा दैनिक मूल्यसूची कायम गर्ने गरेको हो ।
बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ६० देखि ७० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य २६ रुपैयाँदेखि २८ रुपैयाँसम्म कायम गरिएको छ ।
यस्तै सुकेको प्याज (भारतीय) ३६ देखि ३८ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।
तरकारी बजारमा तिते करेला प्रतिकेजी ११० रुपैयाँदेखि १२० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची


