०४ साउन २०८३, सोमबार

शैलुङसहित ३१ ठेकेदार कम्पनीले सकेनन् निर्माणका काम, सरकारले सोध्यो स्पष्टीकरण [पत्रसहित]

शैलुङसहित ३१ ठेकेदार कम्पनीले सकेनन् निर्माणका काम, सरकारले सोध्यो स्पष्टीकरण [पत्रसहित]
फाइल फोटो

सरकारले विभिन्न सडक तथा पुल निर्माण सुधारको कार्यको प्रगति सन्तोषजनक नरहेको भन्दै ठेकेदारहरूलाई स्पष्टीकरण सोधेको छ ।

सोमवार सार्वजनिक सूचना जारी गर्दै सडक विभागले ३१ वटा आयोजनाको काम समयमै पूरा नभएको भन्दै निर्माण व्यवसायीहरूलाई स्पष्टीकरण सोधेको हो । 

विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौंले ३१ वटा आयोजनाहरूको निर्माण कार्यमा असन्तुष्टी जनाउँदै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ । 

अन्यथा प्रचलित कानून र ठेक्का सम्झौताका शर्तहरू बमोजिम कारबाही अगाडि बढाइने समेत कार्यालयले जनाएको छ । 

शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि.देखि अन्य विभिन्न कम्पनीहरूमाथि कार्यालयले स्पष्टीकरण सोधेको छ ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्