२१ असार २०८३, आइतबार

एनआरएनएको निर्वाचनप्रति दीपकराज गिरीको टिप्पणी : उताबाट आएर केही सिकाउलान् भनेको यतैबाट पो सिकेर गएछन् !

एनआरएनएको निर्वाचनप्रति दीपकराज गिरीको टिप्पणी : उताबाट आएर केही सिकाउलान् भनेको यतैबाट पो सिकेर गएछन् !

चर्चित हास्य कलाकार दिपकराज गिरीले गैरआवासीय नेपाली संगठनको नयाँ नेतृत्वप्रति व्यंग्य गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे नी बाँगै भन्दै एनआरएनए प्रति व्यंग्य गरेका हुन् । 

उनले एनआरएनएमा ३ जना अध्यक्ष र ११ जना उपाध्यक्ष भएको भन्दै भनेका छन,  उताबाट आएर केहि सिकाउलान् भनेको यतै बाट पो सिकेर गएछन् !'

आइतवार एनआरएनएको अध्यक्षमा ३ जना चुनिएसँगै यसबारे चर्चा हुन थालेको हो । 

भागबन्डा मिलाउनका लागि एनआरएनएमा जबरजस्ती पद सिर्जना गरेर जिम्मेवारी बाँडिएको छ ।

आइतवार ३ जना अध्यक्षमा कुल आचार्य, बद्री केसी र रविना थापा चयन भएका छन् ।

;

salt training

कमेन्ट गर्नुहोस्