२९ असार २०८३, सोमबार

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालन

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालन

नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको छ । 

अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको हो । 

कस्मेटिक, स्कीन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले व्यवस्थित डर्माटोलोजी सेन्टर स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

उनकाअनुसार हाल यो सेन्टरमा डा. सिरपा बज्राचार्य नेतृत्वको टिमले सेवा दिन थालेको छ । 

छालामा भएका विभिन्न समस्याहरु भएकाले नर्भिकमा आएर अत्याधुनिक सेवा लिन सक्नेछन् । 

उनका अनुसार नर्भिकको यो सेन्टरमा देशका अरु अस्पताल वा यस्तै सेन्टरभन्दा राम्रो प्रडक्ट उपलब्ध हुनेछ ।

‘आवश्यक सबै उपकरणहरु अरुभन्दा निकै नै स्तरीय र अत्याधुनिक मगाइएको छ,’ उनले भने–‘उपकरणहरु आउन केही समय लाग्छ । ती उपकरण पनि आइसकेपछि नर्भिकको यो सेन्टरमा कस्मेटिक र स्किनसँग सम्बन्धित जुनसुकै समस्या निराकरणको विश्वस्तरीय पूर्ण प्याकेज उपलब्ध गराउन हामी सक्षम हुनेछौं ।’ 

नर्भिकले विगत ७ वर्षदेखि डा. सिरपाकै नेतृत्वमा स्किनसँग सम्बन्धित स्वास्थ्य समस्याको ओपिडी संचालन गर्दै आएको थियो । अहिले त्यही सेवालाई बिस्तार गरी कस्मेटिक समेत थपेर वृहत रुपमा नयाँ ढंगले संचालन गरिएको हो । 

डा. बज्राचार्यसँग कस्मेटिक र स्किनको समस्या निराकरणका लागि काम गरेको ८ वर्ष लामो अनुभव रहेको छ ।

नर्भिकमा डा. बज्राचार्यको ओपिडी सेवा आइतबारदेखि शुक्रबारसम्म मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुने व्यवस्था मिलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्