
महोत्तरीको साम्सी गाउँपालिका अध्यक्ष शेख फारुकसहितका जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा कार्यक्रम गर्दै स्वागत गरेका थिए ।फारुक माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् ।
त्यस्तै जलेश्वर नगरपालिकाकी उपमेयर मनचुन देवी, रापगोपालपुर नगरपालिका–४ का वडाध्यक्ष उमेश महतो, सोही नगरपालिका ३ का वडाध्यक्ष जयनारायण मण्डल, ८ का वडाध्यक्ष रामविलास मण्डल, लोहारपट्टि नगरपालिका–८ का वडाध्यक्ष रामबाबु यादव, लोसपाका जिल्ला सदस्य विश्वेश्वर महतो लगायत प्रवेश गरेको एमालेले जनाएको छ ।
त्यस्तै एकीकृत समाजवादीका बारा अध्यक्ष राम यादव, सोही पार्टीका रौतहट जिल्ला सदस्य रामविनोद शाह पनि एमाले प्रवेश गरेका छन् ।
