२४ असार २०८३, बुधबार

४ विधामा नबिल स्किल हिरोको घोषणा

४ विधामा नबिल स्किल हिरोको घोषणा

स्किल वीक २०२२, तेस्रो संस्करण समापन समारोह आज आइतवार सम्पन्न भएको छ ।

द सोल्टी होटेलमा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र एक सयभन्दा बढी इच्छुक उत्साहीहरुको उपस्थितिमा कार्यक्रम भब्यताका साथ समापन गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थिति भएका थिए ।

स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९  मार्चसम्म सन्चालन भएको थियो ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, विज्ञान तथा प्रविधि रहेका थिए ।  

यसैबिच यी चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई  नबिल स्किल हीरो अवार्ड २०२२ उपाधीबाट सम्मानित गरेको थियो ।

पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष/एमडी लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो ।

त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो । 

यस्तै उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको थियो । 

विज्ञान र प्रविधि क्षेत्रका लागि, तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चीरा मोतियाबिन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८० हजारभन्दा बढी मानिसको आँखाको ज्योति पुनर्स्थापना गर्ने प्रयासको लागि सम्मान गरिएको थियो ।

नबिल स्किल हिरो – सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सीईओ अनप्लग्ड २०२२ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो ।

जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल भएको थियो ।  

यस कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा सन्चालन भएको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्