
भारतको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले घरघरमा रासन पुर्याउनका लागि सरकारले काम गर्ने घोषणा गरेका छन् ।
आम आदमी पार्टीबाट सरकारमा रहेका मुख्यमन्त्री मानले जनताको सहजताका लागि यस्तो घोषणा गरेका हुन्, जसलाई उनले वैकल्पिक योजनाको रूपमा प्रस्तुत गरेका छन् ।
मुख्यमन्त्री मानले यो योजना छिट्टै लागू गर्ने समेत बताएका छन् ।
पञ्जाब सरकारको यो नीति लागू भएपश्चात गरिबको पनि घरघरमै रासन पुग्ने बताइएको छ ।
यो योजना पहिले दिल्लीमा अरविन्द केजरीवालको सरकारले लागू गरेको थियो । तर केन्द्र र दिल्ली सरकारको मतभेदका कारण यो योजना रोकिएको थियो ।
तर अब यस योजनालार्य पञ्जाबमा पनि शुरू गर्न लागिएको हो ।