०९ साउन २०८३, शनिबार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ढिलो भए पनि रद्द नहुँदा विमानस्थलमा भीडभाड

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ढिलो भए पनि रद्द नहुँदा विमानस्थलमा भीडभाड
फाइल फोटो

प्रतिकूल मौसमका कारण कम भिजिबिलिटी हुँदा सोमवार काठमाडौंबाट हुने उडान प्रभावित भएका छन् ।

कम भिजिबिलिटी हुँदा आँखाले हेरेर गरिने (भीएफआर) उडान नभएको र प्रविधिको सहायताले मात्रै हुने (आईएफआर) उडान मात्रै भएको हुँदा आन्तरिक उडान केही प्रभावित हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका अनुसार उडान ढिलो भए पनि रद्द नभएको र केही समय पर्खंदै उडान गर्नुपर्ने हुँदा विमानस्थलमा यात्रुको भीड बढ्ने गर्छ । उडान ढिलो हुँदा पहिलो उडानका यात्रु नउड्दै दोस्रो र तेस्रो उडानका यात्रु विमानस्थल पुगिसक्ने भएकाले पनि भीडभाड बढ्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार रात्री उडान हुने विमानस्थलमा ९ बजेसम्म भए पनि उडान हुन्छ । सकेसम्म उडान रद्द नगरी यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने काम विमानस्थल र वायुसेवा कम्पनीले गरिरहेका छन् ।

आन्तरिक विमानस्थलबाट हुने अधिकांश उडान भीएफआरबाट हुने गर्छ । कम भिजिबिलिटी हुँदा सबै उडान आईएफआरबाट गर्नुपर्ने हुँदा निर्धारित समयभन्दा केही ढिलो हुन्छ । आन्तरिक विमानस्थलबाट हुने उडान अवतरण दैनिक २०० भन्दा बढी छन् । मौसम खराब हुनासाथ भिजिबिलिटी नपुगेर ढिलो हुँदै जाँदा व्यवस्थापन मिलाउन गाह्रो हुने भएकाले पनि यात्रुको भीड बढ्ने गरेको छ ।

सोमवार १५२ वटा उडान राखेको बुद्ध एयरको काठमाडौंबाट तुम्लिङटार जाने २ उडान रद्द भएको छ । बाँकी सबै उडान ढिलो हुँदै सञ्चालन भइरहेको र साँझ ९ बजेसम्म पनि उडान हुने बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

उनका अनुसार भिजिबिलिटी नपुगेर र बिहानै गइसक्नुपर्ने उडान प्रभावित हुँदा त्यसको असर अरु उडानमा पनि पर्ने गरेको छ ।

विमानस्थल आइपुगेका यात्रुलाई सकेसम्म गन्तव्यमा पुर्‍याउनुपर्ने भएकाले पनि ढिलो गरेर भए पनि उडान रद्द नगरी सेवा दिइने कर्णले बताए ।

कर्णका अनुसार छिट्टै उडान गर्नुपर्ने पोखरा, चितवन, सुर्खेत, तुम्लिङटारबाहेक अन्य शहरी क्षेत्रका आन्तरिक विमानस्थलमा यात्रु उडान जारी रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्